डलरको मूल्य अहिलेसम्मकै उच्च

डलरको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं : अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ सय ३३ रूपैयाँ ८ पैसामा खरिद भएकोमा बिक्रीदर १ सय ३३ रूपैयाँ ७८ पैसामा बिक्री भएको छ।

यसअघि कात्तिक २५ गते डलरको भाउ १ सय ३३ रूपैयाँ ६५ पैसा पुगेकोमा आज उक्त रेकर्ड तोडेर डलरको भाउले नयाँ रेकर्ड कायम गरेको हो।

नेपालको अर्थतन्त्र आयातमुखी भएकाले अन्य मुलुकसँग कारोबार गर्दा डलरमा खर्च गर्नुपर्ने हुन्छ। तर, डलरको सटहीदर धेरै हुदाँ रेमिट्यान्स पठाउनेलाई भने फाइदा हुन जान्छ।

डलरको भाउ उच्च हुदाँ शोधनान्तरस्थिति (देशभित्र भित्रिने रकम र बाहिरिने रकम बिचको अन्तर) र विदेशी मुद्रा सञ्चितिमा समेत नकरात्मक असर पार्छ।

त्यसैगरी डलरको भाउ बढ्ने बित्तिकै आयतित सामानको भाउमा समेत वृद्धि हुने हुदाँ आन्तरिक अर्थतन्त्रमा चाप पर्छ भने विदेशी ऋणको सावाँ, ब्याजको परिणाममा समेत वृद्धि हुन्छ।

पर्यटन, निर्यात गर्ने सामानमा भने सकारात्मक असर पर्दछ। तर नेपालको अर्थतन्त्र कम निर्यात र बढी आयात भएकोले अर्थतन्त्रमा सकारात्मक असर भन्दा नकारात्मक असर बढी पर्दछ।

मंसिर ६, २०८० बुधबार १३:४९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।