आईपीएलअघि लखनऊ सुपर जायन्ट्सको मेन्टरबाट गौतम गम्भीरको राजीनामा

आईपीएलअघि लखनऊ सुपर जायन्ट्सको मेन्टरबाट गौतम गम्भीरको राजीनामा

एजेन्सी : २०२४ को आईपीएल नजिकिँदै गर्दा पूर्व भारतीय क्रिकेटर गौतम गंभीरले लखनऊ सुपर जायन्ट्स(एलएसजी)को मेन्टर पदबाट राजीनामा दिएका छन्।

लखनऊ सुपर जाइन्ट्सबाट राजीनामा दिएलगत्तै उनी कोलकाता नाइट राइडर्सको टोलीमा मेन्टरका रूपमा पनि आबद्ध भएका हुन्।

सामाजिक सञ्जालमा जानकारी दिँदै उनले लेखेका छन्, ‘म फर्किएँ, म भोको छु र मेरो नम्बर २३ हो।’

केकेआरले पनि यसको पुष्टि गरेको छ।

यसअघि एलएसजीबाट राजीनामा दिँदै उनले लेखेका थिए, ‘म लखनऊ सुपर जाइन्ट्ससँगको मेरो अद्भुत यात्राको अन्त्यको घोषणा गर्दैछु। म हरेक खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई धन्यवाद दिन्छु जसले यो यात्रालाई स्मरणीय बनायो।’

उनले भनेका थिए, ‘म डाक्टर सञ्जीव गोयन्कालाई हृदयदेखि धन्यवाद दिन्छु जसले प्रेरणादायी नेतृत्व प्रदान गर्नुभयो र मलाई समर्थन गरिरहनुभयो। म विश्वस्त छु कि यो टोलीले भविष्यमा धेरै राम्रो गर्नेछ र हरेक फ्यानले गर्व गर्नेछ।’

केएल राहुलको नेतृत्वमा रहेको लखनउ सुपर जायन्ट्सले अबको आईपीएल गौतम गम्भीरको मेन्टरसिप बिना खेल्नेछ।

मंसिर ६, २०८० बुधबार १२:४४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।