१० अर्ब रूपैयाँ बराबरको तरलता उठाउँदै राष्ट्र बैंक
काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ बराबर तरलता उठाउने भएको छ।
बजारमा अधिक तरलता भइरहेको बेला नेपाल राष्ट्र बैंकले रिर्भस रिपो मार्फत सो बराबरको तरलता उठाउन लागेको हो।
यो निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ। यसका लागि राष्ट्र बैंकले आज(बुधबार) दिउँसो २ बजे बोलकबोल गर्दैछ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।
बजारमा करिब ३ खर्ब रुपैयाँअधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ अहिले बजारमा भारित औसत अन्तर बैंक दर ४.१ प्रतिशत रहेको।
राष्ट्र बैंकले बजारमा लगानीयोग्य रकम(तरलता) अभाव हुँदा रिपो मार्फत बजारमा रकम पठाउने गर्छ भने बैैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि रिर्भस रिपो मार्फत प्रशोधन गर्ने गर्छ।
मंसिर ६, २०८० बुधबार १२:३१:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।