राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन्।

बुधबार बिहान शितलनिवासमा राष्ट्रपति पौडेललाई भेट्न प्रधामन्त्री दाहाल पुगेका थिए।

भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनस्र्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन दाहालको ध्यानाकर्षण गराएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

पोखरेलका अनुसार भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको समसामयिक विषयहरूमा छलफल भएको छ।

मंसिर ६, २०८० बुधबार १२:०७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।