२५ वाटको चार्जिङ एडप्टरसहित ग्यालेक्सी एस२३ एफ इको प्रि-अर्डर सुरू, कति पर्छ मूल्य?

२५ वाटको चार्जिङ एडप्टरसहित ग्यालेक्सी एस२३ एफ इको प्रि-अर्डर सुरू, कति पर्छ मूल्य?

काठमाडौं : सामसङ नेपालले ग्यालेक्सी एस२३ एफ इको प्रि-अर्डर खुलाएको छ।

प्रतिष्ठित र दिगो डिजाइनहरू, एड्भान्स्ड कार्यसम्पादन, अत्याधुनिक क्यामराका साथै अन्य विशेषताका साथ फोनको प्रि-अर्डर खुलाइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार २० नोभेम्बरदेखि नेपालभर सामसङको आधिकारिक स्टोरहरूबाट फोनको प्रि-अर्डर गर्न सकिनेछ।

फोनमा १२० हर्ज अनुकूल रिफ्रेस दरका साथ चम्किलो, अत्यन्त सरस ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ।

फोनमा रहेको भिजन बूस्टर प्रविधिले स्वचालित रूपमा उज्यालो प्रकाशको अवस्थाहरू पत्ता लगाएर डिस्प्लेलाई सहज बनाइदिन्छ।

फोनको पछाडि ५०, १२ र ८ मेगापिक्सेल ओआइएस युक्त तीन गुणा ठूलो अप्टिकल जूम सहितको क्यामरा छ। नाइटोग्राफी विशेषताले अँध्यारोमा समेत उत्कृष्ट सेल्फि र पोट्रेट फोटो खिच्न सकिने कम्पनीले दाबी छ।

फोनमा सर्वोत्कृट र भरपर्दो कार्यसम्पादनको लागि भव्य ४एनएम चिपसेटको पावर दिइएको छ। गेमिङ्ग र स्ट्रिमिङ्गको लागि फोनको शक्तिशाली प्रोसेसरले भेपर चेम्बर, जसले ताप नियन्त्रण गर्न र कार्यसम्पादनलाई एक समान राख्न मद्दत गर्ने कम्पनीको दाबी छ।

फोनमा २५ वाटको एडप्टरका साथ ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने ४५०० एमएएचको ब्याट्री फोनमा दिइएको छ।

८ जीबि र्याम र २५६ जीबीको स्टोरेजमा उपलब्ध ‘ग्यालेक्सी एस२३ एफ इ’को मूल्य कम्पनीले ८५ हजार ९९९ रुपैयाँ तोकेको छ।

इएमआईमा समेत फोन खरिद गर्न सकिने छ। जसका लागि सामसुङको आधिकारिक स्टोरमा बुझ्न सकिनेछ।

मंसिर ६, २०८० बुधबार ०९:००:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।