मेटलाइफको बक्यौता बीमाशुल्कमा लाग्ने जरिवाना छुट

मेटलाइफको बक्यौता बीमाशुल्कमा लाग्ने जरिवाना छुट

काठमाडौं : मेटलाइफ नेपालले बीमालेख पुनर्जागरण अभियान सञ्चालनमा ल्याएको घोषणा गरेको छ।

नोभेम्बर ७ मा सुरू भएको यस अभियान अवधिमा कम्पनीले व्यतित बीमालेखहरुमा लिइने विलम्ब शुल्कमा छुट दिनेछ।

यस अभियान अन्तर्गत, मेटलाइफले बीमा अवधिको निर्धारित मिति समाप्त भएको व्यतित जीवन बीमालेखहरुमा लागू हुने बिलम्ब शुल्कको शत प्रतिशत छुट दिनेछ।

हालै प्रचलनमा ल्याइएको मध्यावधि बृद्धि बीमा योजनाका बीमालेख धारकहरुका लागि यो अभियान लागू हुने छैन।

मेटलाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकहरूलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बताए।

उनका अनुसार यस अभियानले मेटलाइफको ग्राहकलाई व्यतित बीमालेख पुर्नजागरण गरी आफ्नो र आफ्नो परिवारलाई निरन्तर सुरक्षा कायम राख्न मद्दत गर्नेछ।

मंसिर ६, २०८० बुधबार ०८:२५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।