भूकम्पपीडितलाई युनिलिभर नेपालको एक करोड सहयोग

भूकम्पपीडितलाई युनिलिभर नेपालको एक करोड सहयोग

काठमाडौं : युनिलिभर नेपालले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडितका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

कम्पनीले भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री पुर्याएको थियो।

विगतका अन्य प्राकृतिक प्रकोपहरूमा जस्तै यसपटक पनि कम्पनीले नेपाल सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रकम सहयोग गरेको हो।

मंसिर ६, २०८० बुधबार ०७:५१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।