सर्वोच्चमा रिक्त सात न्यायाधीशमध्ये ६ जनाको नाम सिफारिस

सर्वोच्चमा रिक्त सात न्यायाधीशमध्ये ६ जनाको नाम सिफारिस

काठमाडौँ : न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा मङ्गलवार बसेको बैठकले उच्च अदालतका चार र दुई कानुन व्यवसायीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो।

सर्वोच्चमा २१ मध्ये ७ जना न्यायाधीशको पद रिक्त छ। उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी,  महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना र अब्दुल अजिद मुसलमानको नाम सिफारिस भएको छ भने कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ। एक पद भने रिक्तै राखिएको छ।

न्यायपरिषद्बाट प्रस्तावित नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि उनीहरूको नियुक्ति हुनेछ। 

मंसिर ५, २०८० मंगलबार १६:५९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।