दीपक मनाङ्गेले फिल्म ‘कङ्गारु’ बनाउने

दीपक मनाङ्गेले फिल्म ‘कङ्गारु’ बनाउने

काठमाडौं : गण्डकी प्रदेशका मन्त्रीसमेत भइसकेका सांसद् राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले फिल्म निर्माण गर्ने भएका छन्। उनले मंगलबार आफ्नो फिल्मको नाम ‘कंगारु’ घोषणा गरेका हुन्।

‘मनाङ्गे’कै प्रस्तुति रहेने फिल्मलाई सम्राट थापाले निर्देशन गर्दैछन्। फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए।

कथा तयार भए पनि कलाकारहरू भने अहिलेसम्म नटुङ्गिसकेकाे थापाको भनाइ छ।

उनका अनुसार यो फिल्मको स्क्रिप्ट तयार पार्न मात्रै २ वर्ष समय लगाइएको छ। यो फिल्ममा दीपक मनाङ्गेका अलवा प्रेम थापा र धन बहादुर गुरुङको पनि लगानी रहनेछ।

रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ सह–निर्माता रहने यो फिल्ममा टिका भण्डारी र सन्तोष अधिकारी(अष्ट्रेलिया) कार्यकारी निर्माता बनेका छन्।

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको यो फिल्मको कथा सीमा गुरुङले लेखेकी हुन्।

महेश दवाडीको पटकथा रहेको यो फिल्म आगामी फागुनबाट छायांकन थालिने निर्देशक बस्नेतले बताए। दीपक मनाङ्गेले यसअघि फिल्म ‘पोई पर्यो काले’ र ‘वान वे’ मा लगानी गरेका थिए।

मनाङगे गुण्डा नाइकेहुँदै राजनीतिमा प्रवेश गर्दै मन्त्री समेत भइसके। उनी अहिले गण्डकीको प्रदेश सांसद छन्।

मंसिर ५, २०८० मंगलबार १४:११:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।