बीबीसीको १०० प्रभावशाली महिलाकाे सूचीमा नेपालकी रुक्साना

बीबीसीको १०० प्रभावशाली महिलाकाे सूचीमा नेपालकी रुक्साना

काठमाडौं : बेलायती समाचार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन्।

बीबीसीले मंगलबार यस वर्ष विश्वभरबाट उत्प्रेरक र प्रभावशाली सय महिलाको सूची सार्वजनिक गरेको हो।

कपाली ट्रान्सजेण्डर महिला हुन्। उनी आफूजस्तै महिलाको हकहितमा काम गर्दै आएकी छन्।

कपालीले हुर्कँदै गर्दा आफ्नो पहिचानको बारेमा जानकारीको अभावमा संघर्ष गरेको बीबीसीले उल्लेख गरेको छ।

उनले लिंग र यौनिकताको बारेमा सामाजिक सञ्जालमा क्वियर अधिकारका मुद्दाहरूमा आवाज उठाइरहेकी छन्।

राजनीति, उद्यम, कला, साहित्य, सेवाजस्ता क्षेत्रमार्फत् महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ।

मंसिर ५, २०८० मंगलबार १३:३३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।