भूकम्प प्रभावित जाजरकोटमा चिसोले लग्यो एक महिने शिशुको ज्यान

भूकम्प प्रभावित जाजरकोटमा चिसोले लग्यो एक महिने शिशुको ज्यान

सुर्खेत : चिसोका कारण जाजरकोटमा एक महिने शिशुको ज्यान गएको छ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का हुकुम बहादुर पुनकी एक महिनाकी छोरी निरुताको मृत्यु भएको हो।

तीन दिनअघि बिरामी परेकी निरुतालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो।

निमोनिया भएकी उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए।

चिसोले जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन्। चिसोकै कारण ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ।

५ मंसिर, २०८०, १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।