सुरुङमा फसेका ४१ मजदुरलाई ११ दिनपछि पहिलो पटक खिचडी पठाइयो

सुरुङमा फसेका ४१ मजदुरलाई ११ दिनपछि पहिलो पटक खिचडी पठाइयो

एजेन्सी : भारतको उत्तराखण्डस्थित उत्तरकाशीको सुरुङमा ११ दिनदेखि फसेका ४१ कामदारलाई खाद्यान्न उपलब्ध गराउन सुरुङमा ६ इन्च लामो पाइप बिच्छ्याइएको छ।

यसबाट खाद्यान्न र अत्यावश्यक वस्तुहरू ठूलो परिमाणमा पुर्याउन सकिने समाचार एजेन्सी एएनआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

सोमबार राति मजदुरका लागि खिचडी बनाएर सो पाइपको मद्दतले पठाइएको थियो। यो नै पहिलोपटक बाहिरबाट सुरुङमा फसेका मजदुरलाई पठाइएको खाना हो।

राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगमका निर्देशक अंशु मनिष कलखोले  समाचार एजेन्सी पीटीआईसँग भने, ‘हामीले ५३ मिटरसम्म पाइप बिछ्याइसकेका छौँ र फसेका कामदारहरूले हाम्रो कुरा सुन्न सक्छन्। यो महत्त्वपूर्ण कदम हो।’

पहिरोका कारण दीपावलीको विहान पाँच बजे उक्त सुरुङमा ४१ मजदुर फसेका थिए।

मंसिर ५, २०८० मंगलबार ०८:५५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।