फिल्म 'कार्साङ' मा दयाहाङ, सुरक्षा पन्तसँगै अभिनेत्री शिल्पा अनुबन्धित

फिल्म 'कार्साङ' मा दयाहाङ, सुरक्षा पन्तसँगै अभिनेत्री शिल्पा अनुबन्धित

काठमाडौँ : अभिनेत्री शिल्पा मास्के फिल्म ‘कार्साङ’मा अनुबन्धित भएकी छिन्। फिल्ममा यसअघि नै दयाहाङ राई, बुद्धि तामाङ अनुबन्धित भइसकेका छन्। नायिकाको रूपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा समेत अनुबन्धित भइसकेका छन्।

यम शेर्पाको निर्देशनमा बन्ने फिल्ममा शिल्पा भित्रिएसँगै ३ जना नायिका हुने भएका छन्। शिल्पासँग सम्झौता भएसँगै प्रमुख कलाकारहरूको लाइनअप पुरा भएको निर्देशक शेर्पाले बताए।

यसअघि शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन्। शेर्पाको नै यो डेब्यू फिल्म हो। फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ।

फिल्म ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ। फिल्म यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो।

पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्णपक्षले बताएको छ।

मंसिर ४, २०८० सोमबार २३:१४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।