माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्र निषेधित क्षेत्र घोषित, विरोध प्रदर्शन गर्न नपाइने

माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्र निषेधित क्षेत्र घोषित, विरोध प्रदर्शन गर्न नपाइने

काठमाडौँ : माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रमा तीस दिनसम्म विरोध प्रदर्शन गर्न नपाइने गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौँले निषेधित क्षेत्र घोषणा गरेको छ।

एमालेको युवा सङ्घले र दुर्गा प्रसाईँ समूहले मङ्सिर ७ गते माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले सो क्षेत्रलाई नै निषेधित क्षेत्र घोषणा गरेको हो।

सोमबार जिल्ला सुरक्षा समिति, काठमाडौँको बैठकले सोमबारदेखि नै लागू हुने गरी ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा भएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधित क्षेत्र तोक्ने निर्णय भएको हो। बैठकले पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरेको छ।

माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म सो स्थानमा अब ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा र विरोधका कार्यक्रम गर्न पाइँदैन।

मंसिर ४, २०८० सोमबार १८:५७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।