ट्रान्सजेण्डर डेमा यौनिक अल्पसङ्ख्यकले बत्ती बाले

ट्रान्सजेण्डर डेमा यौनिक अल्पसङ्ख्यकले बत्ती बाले

काठमाडौं : ‘ट्रान्सजेण्डर डे’मा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले दीप प्रज्वलन गरेका छन्।

काठमाडौंको वसन्तपुरमा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले अकालमा विभिन्न कारणवश् ज्यान गुमाएका ट्रान्सजेन्डरहरूको सम्झनामा दीप प्रज्वलन गरेका हुन्।

कार्यक्रममा सहभागीहरूले लैङ्गिक अल्पसङ्ख्यकको अधिकारको माग गर्दै ब्यानरहरू बोकेका थिए।

कार्यक्रम संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी)को सहयोगमा नीलहिरा समाजले आयोजना गरेको हो।

मंसिर ४, २०८० सोमबार १८:४९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।