जाजरकोट भूकम्प प्रभावितलाई पत्रकार महासङ्घ बागमती प्रदेशको ५० हजार

जाजरकोट भूकम्प प्रभावितलाई पत्रकार महासङ्घ बागमती प्रदेशको ५० हजार

काठमाडौँ : नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले जाजरकोट भूकम्प पीडितहरूका लागि ५० हजार सहयोग गर्ने निर्णय गरेको छ। समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित भएकाहरूको राहतका लागि ५० हजार रुपैयाँ दिने निर्णय गरेको समितिका अध्यक्ष शिव देवकोटाले जानकारी दिए।

सरकारले सोमबार भूकम्प प्रभावितहरूको अस्थायी आवास निर्माणका लागि पाँच जिल्लामा डेढ अर्ब रकम निकासा गरेको थियो।

मंसिर ४, २०८० सोमबार १८:४३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।