फिल्म ‘दुई कदम’को ‘काग भन्दा कोइली चलाख’मा तक्मे बुढा

फिल्म ‘दुई कदम’को ‘काग भन्दा कोइली चलाख’मा तक्मे बुढा

काठमाडौं : विल्सन विक्रम राई ‘तक्मा बुढा’ अभिनीत फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ। सोमबार रिलिज भएको गीतको भिडियोमा तक्मा सहित गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विमला लिम्बु, गीता ढुंगाना लगायतले नाचेका छन्।

भिडियोको कोरियोग्राफी रामजीले गरेका छन्। गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत रहेको छ। उदय सुब्बा निर्देशित फिल्ममा अन्य कलाकारमा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ,जीवन लिम्बूको पनि अभिनय रहेको छ। फिल्मलाई तारा देवी लिम्बुले लगानी गरेकी हुन्।

अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायाङ्कन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन रहेको छ। त्यस्तै रामजी लामिछानेको कोरियोग्राफी र प्रवीण ढकालको सम्पादन रहेको छ। यही मङ्सिर २९ गते प्रदर्शनमा आउन लागेको यस फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

मंसिर ४, २०८० सोमबार १८:३७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।