रुपन्देहीका सहकारी अभियन्ता देवकोटाको दुर्घटना मृत्यु

रुपन्देहीका सहकारी अभियन्ता देवकोटाको दुर्घटना मृत्यु

बुटवल : रुपन्देहीका सहकारी अभियन्ता माधव देवकोटाको सडक दुर्घटना परी मृत्यु भएको छ।

देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राइभर टोलमा ट्रकले ठक्कर दिएको थियो।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेका देवकोटा सवार लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ ट्रकले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

देवकोटासँगै मोटरसाइकलमा सवार अर्की एक महिलाको समेत घटनास्थलमा मृत्यु भएको छ।

मृतकहरू दुवैको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ।

मंसिर ४, २०८० सोमबार १३:३३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।