इजरायली कार्गो जहाज हाइज्याक गरेको यमनको दाबी

इजरायली कार्गो जहाज हाइज्याक गरेको यमनको दाबी

एजेन्सी : यमनको इरान समर्थित हुथी विद्रोही विद्रोहीहरूले लाल सागरमा एक इजरायली कार्गो पानीजहाज कब्जा गरेको दाबी गरेका छन्।

हुथीले यो जहाज यमनको बन्दरगाहमा लगेको बताएको छ। तर इजरायलले भने यो जहाज आफ्नो नभएको र त्यसमा काम गर्ने कोही पनि इजरायली नभएको जनाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, ‘यो इरानी आतंकवादको अर्को कार्य हो।’

यसबारे इरानले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन।

गाजामा हमास र इजरायलबीच युद्ध जारी रहँदा हुथी विद्रोहीहरूले इजरायली सेनाका जुनसुकै जहाज आफ्नो क्षेत्रमा आए हाइज्याक गर्ने चेतावनी दिएका छन्।

हुथी विद्रोहीले इजरायलतर्फ धेरै मिसाइल र ड्रोन आक्रमण गरेका छन्।

हमास अक्टोबर ७ मा आक्रमण गरेपछि इजरायलले गाजामा हवाई र स्थल हमला गरिरहेको छ।

इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाभित्र हमासको सुरुङ रहेको दाबी गरिरहेको छ।

मंसिर ४, २०८० सोमबार ११:३३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।