भेरी नदी किनारमा खस्यो खलंगा हिँडेको जिप, २२ जना घाइते

भेरी नदी किनारमा खस्यो खलंगा हिँडेको जिप, २२ जना घाइते

काठमाडौं : रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

गम्भीर घाइते दुई जना नेपालगन्ज रेफर गरिएको छ भने थप अन्य गम्भीर घाइतेलाई पनि रेफर गर्ने तयारी भइरहेको छ।

चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँमा लु १ ज २२९७ को जिप दुर्घटनामा परेको रुकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले उकेरालाई जानकारी दिए।

‘बिहान खलंगा जाँदै गरेको जिप दुर्घटना भएर भेरी किनारमा खस्यो,’ उनले भने, ‘२२ जना घाइते भएका छन्, सात जना अलि सिरियस छन्।’

उनका अनुसार सोमबार बिहान चौरजहारीबाट खलंगा जाँदै गरेको जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको हो।

उनीहरूको अहिले उद्धार गरेर स्थानीय अस्पताल पठाइएको छ। उद्धार कार्य अहिले पनि जारी छ।

मंसिर ४, २०८० सोमबार १०:४९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।