सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितका लागि खाद्यान्न राहत सहयोग

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितका लागि खाद्यान्न राहत सहयोग

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले जाजरकोट र रुकुममा भूकम्पपीडितलाई स्वरूप खाद्यान्न सामग्रीे सहयोग गरेको छ।

बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन तथा वितरण केन्द्रलाई उक्त खाद्यान्न सहयोग गरेको हो।

बैंकले ४५० भन्दा बढी घर परिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसला जस्ता खाद्यान्न सामग्रीेहरुको राहत प्याकेज बनाएको छ।

बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरूको उद्दार र पुनस्र्थापनाको कार्यहरूमा  सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको छ।

मंसिर ४, २०८० सोमबार ०८:५२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।