विश्वकपको फाइनलमा हारपछि रोहित शर्माले के भने ?

एजेन्सी : विश्वकप २०२३ को फाइनल खेलमा आइतबार अष्ट्रेलियासँग पराजित भएपछि भारतीय कप्तान रोहित शर्माले ब्याटिङमा टोलीको कमजोर प्रदर्शन गरेको स्वीकार गरेका छन्।
अष्ट्रेलिया टोली अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारतलाई २४० मा अलआउट गर्दै चार विकेट गुमाएर विश्व च्याम्पियन बन्यो।
खेलपछि रोहित शर्माले भने, ‘खेलको नतिजा हाम्रो पक्षमा थिएन र हामीलाई थाहा छ आज हामी राम्रो थिएनौं, तर मलाई टोलीमाथि गर्व छ। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गर्यौँ तर जे भयो त्यो हुनुहुँदैनथ्यो।’
‘इमान्दारीसँग भन्नुपर्दा २०-३० रन अझ धेरै बनाएको भए राम्रो हुन्थ्यो। करिब २५-३० ओभरमा केएल राहुल र विराट कोहली ब्याटिङ गरिरहँदा हामी कुरा गरिरहेका थियौँ। यो साझेदारी भइरहोस् र जति सकिन्छ त्यति लामाे समय पिचमा टिकिरहुन्। तर त्यसपछि हामीले लगातार विकेट गुमाइरह्यौं। त्यै पनि हामीले २७०-२८० रन बनाउँछाैं भन्ने थियो। हामीले कुनै पनि राम्रो पार्टनरसीप गर्न सकेनौँ। अष्ट्रेलियाले तीन विकेट गुमाएपछि राम्रो साझेदारी गर्यो।’
अस्ट्रेलियाको सुरुवात खराब रह्यो। पहिलो सात ओभरमा डेभिड वार्नर, मिचेल मार्स र स्टिभन स्मिथको विकेट ४७ रनमा खसेको थियो। तर त्यसपछि ट्राभिस हेड र मार्नस लाबुस्चेनबीचको उत्कृष्ट साझेदारीले भारतको खेलमा परिवर्तन ल्यायो।
रोहित शर्माले भने- ‘बोर्डमा २४० भएपछि हामीले सकेसम्म चाँडो विकेट लिन चाहेका थियौँ। हामीले त्यसो गर्यौं पनि तर पूरा श्रेय हेड र मार्नसलाई जान्छ। उनीहरूले ठूलो साझेदारी गरे र हामीलाई खेलबाट पूर्ण रूपमा बाहिर गरे। हामीले सक्दो प्रयास गर्यौँ।’
मंसिर ४, २०८० सोमबार ०८:०८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।