रौतहटको एक घरमा फेला पर्‍यो ४ वटा पेस्तोल,स्थानीयले गरे ढुंगामुढा

रौतहटको एक घरमा फेला पर्‍यो ४ वटा पेस्तोल,स्थानीयले गरे ढुंगामुढा

काठमाडौँ : रौतहटको यमुनामाइ नगरपालिका -३ को स्थानीयको एक घरमा ९ एमएम पेस्तोलसहित चार वटा हतियार फेला परेको छ।

सशस्त्र प्रहरी बलको टोलीले सो हतियार फेला पारेको हो। विशेष सूचनाको आधारमा घरमा पुगेको टोलीले तीन वटा नाइन एमएमको पेस्तोल,  १३ वटा गोली , ६ वटा म्यागेजिन, एउटा एयर गन फेला पारेको हो।

सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार घरमा हतियार लुकाएर राखिएको सूचनाको आधारमा सशस्त्रको इन्टेलिजेन्स ब्युरोको टोलीले आइतबार दिउँसो घरमा खानतलासी गरेको थियो।

बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन युएसए र एक नाल मेड इन इन्डिया लेखिएको छ। हतियार सहित मोबाइलको सिमकार्ड , मोबाइल ,शेख एजाज  अहमदको नाममा जारी गरिएको नागरिकता समेत फेला परेको छ।

सो क्षेत्रमा थप  अप्रेसन जारी छ। केही व्यक्ति घरभित्र ढोका थुनेर बसेको र हतियार बरामद भएपछि केही स्थानीयवासीले ढुङ्गामुढा गर्दा  प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेस देबाहिको गाडिको सिसा फुटेको छ।

मंसिर ३, २०८० आइतबार १८:५४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।