फाइनलमा भारतको ब्याटिङ जमेन, आठौँ विकेट गयो
काठमाडौँ : आइसीसी विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतको आठौँ विकेट गयो। ४५ ओभरमा २१४ रन बनाएको भारतले आठौँ विकेटका रूपमा जसप्रित बुमराहलाई गुमायो।
मोहम्मद समी, केएल राहुल, रवीन्द्र जडेजा, विराट कोहली लगायतका खेलाडी पेभेलियन फर्किसकेका छन्।
भारत एकातिर रनको सङ्ख्या बढाउने प्रेसरमा छ अर्कोतिर विकेट जोगाउने चुनौती समेत देखिन्छ। हालसम्म भारतको रनरेट चार दशमलव ७७ मा रहेको छ। यसको आधारमा फाइनलमा अस्ट्रेलियाले मध्यम लक्ष्य पाउने देखिन्छ। विश्वकपको कुनै पनि खेल हारेको छैन भारतले। तर फाइनलमा भारतको ब्याटरमाथि अस्ट्रेलियाका बलर हाबी भएका छन्। फिल्डिङ पनि निकै चुस्त देखिन्छ अस्ट्रेलियाको।
मंसिर ३, २०८० आइतबार १७:४८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।