खेलाडी नै पहिलो सेलिब्रेटी हुन् : राखेप सचिव घिसिङ

खेलाडी नै पहिलो सेलिब्रेटी हुन् : राखेप सचिव घिसिङ

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलाडी नै खेलकुद क्षेत्रको पहिलो सेलिब्रिटी भएको बताएका छन्। घिसिङले खेलाडी नै खेलकुद क्षेत्रको असली सेलिब्रिटी रहेको भन्दै थप मेहनत गर्न आग्रह गरे।

‘खेलाडी नै खेलकुद क्षेत्रको असली सेलिब्रिटी हो। दोस्रोमा प्रशिक्षक, तेस्रोमा संघ र चौथोमा राष्ट्रिय खेलकूद परिषद् र पाँचौमा नेपाल सरकार हो,’ उनले भने, ‘सुरुदेखि नै मैले मभन्दा अगाडि संघ, संघभन्दा अगाडि प्रशिक्षक र पहिलो नम्बरमा खेलाडी छन् भन्दै आएको छु। त्यसकारण खेलाडी साथीहरूले जे जसरी मेहनत गर्नुभएको छ, थप व्यवस्थित मेहनतका लागि शुभकामना।’

‘आउने पेरिस पारा ओलम्पिकको लागि खेलाडी छनोट हुने स्थिति करिव–करिव निश्चित बनेको छ। हामीले पदक ल्याउने राम्रो अर्को अवसर छ,’ उनले भने, ‘त्यो अवसरलाई सम्पूर्ण रुपमा केन्द्रीत भएर लाग्न म तेक्वान्दो संघ र प्रशिक्षक तथा खेलाडी साथीलाई निर्देश गर्छु।’

तेक्वान्दो र कराँते खेलाडीका लागि आयोजित कोच प्रशिक्षण आरम्भ गर्दै उनले पेरिस पारा ओलम्पिकको राम्रो तयारीका लागि तेक्वान्दो संघलाई निर्देशन दिए।

‘आउने पेरिस पारा ओलम्पिकको लागि खेलाडी छनोट हुने स्थिति करिव–करिव निश्चित बनेको छ। हामीले पदक ल्याउने राम्रो अर्को अवसर छ,’ उनले भने, ‘त्यो अवसरलाई सम्पूर्ण रुपमा केन्द्रीत भएर लाग्न म तेक्वान्दो संघ र प्रशिक्षक तथा खेलाडी साथीलाई निर्देश गर्छु।’

तेक्वान्दो र कराँतेका खेलाडीलाई काठमाडौंमा दुई, चितवन र पोखरामा एक–एक गरी चार वटा कार्यक्रमकाबीच उच्च कोटीको प्रशिक्षण गराउने संघले जनाएको छ।

प्रशिक्षण कार्यक्रम चार दिनसम्म सञ्चालन हुने संघले जनाएको छ।

३ मंसिर, २०८०, १३:३५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।