अल-शिफा अस्पताल ‘डेथ जोन’ घोषणा, गेटमै भेटियो ८० जनाको सामुहिक चिहान

अल-शिफा अस्पताल ‘डेथ जोन’ घोषणा, गेटमै भेटियो ८० जनाको सामुहिक चिहान

एजेन्सी : गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाबाट सयौं मानिसहरू भागेको देखिएको छ।

यहाँका मेडिकल स्टाफले शनिबार उनीहरूलाई अस्पताल छोड्न भनिएको बताएका छन्। यद्यपि इजरायलले यसलाई अस्वीकार गरेको छ।

गाजामा शनिबार हजारौं मानिस ढुङ्गा र भग्नावशेषले भरिएको सडकमा हिँडिरहेको देखिएका छन्। यी मानिसहरू बन्दुकको फायरिङ भइरहेको बेला हिँडिरहेका थिए।

यसैबीच, हमासको स्वास्थ्य मन्त्रालयले उत्तरी गाजाको जबलियामा दुईवटा विष्फोट हुँदा ८० जनाको मृत्यु भएको जनाएको छ।

संयुक्त राष्ट्र संघको राहत एजेन्सीले विद्यालयलाई आश्रय गृहमा परिणत गरेको थियो। विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको संयुक्त राष्ट्र संघको टोलीले अल-शिफा अस्पताललाई ‘डेथ जोन’ घोषणा गरेको छ।

टोलीले एक घण्टा अस्पतालको निरीक्षण गरेपछि त्यहाँ बम विष्फोट र गोली चलेको निशान देखेको जनाएको छ। उसले अस्पतालको गेटमा नै सामूहिक चिहान फेला पारेको पुष्टि गरेको छ।

त्यहाँका मानिसहरूले त्यसमा ८० जना पुरिएको बताएका छन्। यसैबीच, इजरायली सेनाको अल-शिफाको चेतावनी पछि तीन सय गम्भीर बिरामी बिरामीहरू अझै अस्पतालमै छन्।

डब्लुएचओले त्यहाँ फसेका मेडिकल स्टाफ र बिरामीहरूलाई तत्काल बाहिर निकाल्ने प्रयास गरिरहेको बताएको छ।

मंसिर ३, २०८० आइतबार १०:५०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।