सर्लाहीमा हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सर्लाहीमा हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सर्लाही : जिल्लामा हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

हरिवन नगरपालिका-११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन्।

कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका-११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्रहरीलाई प्राप्त भएको थियो।

खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मंसिर ३, २०८० आइतबार ०८:१७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।