हङहङमा जारी महिला टी-२० सिरिजमा नेपालले टस जित्यो
काठमाडौं : हङकङमा जारी चारदेशीय महिला टी-२० सिरिज अन्तर्गतको तेस्रो स्थानको खेलका लागि नेपालले जापानविरुद्ध टस जितेको छ।
केहीबेरमा सुरू हुने खेलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेकी छन्।
नेपाल समूह चरणका खेलमा एकमा जित र बाँकी दुईमा हार व्यहोरेको थियो।
शनिबार नेपालले जापानलाई ७६ रनले पराजित गर्दा पहिलो खेलमा तान्जानियासँग २७ रनले हार व्यहोरेको थियो।
यस्तै दोस्रो खेलमा पनि नेपाल हङकङसँग स्तब्ध बन्यो। हङकङले नेपाललाई ९ विकेटले पराजित गरेको थियो।
त्यस्तै हङकङले तीन खेल जितेर अंकतालिकाको शीर्ष स्थानमा रहँदा तान्जानिया दुई जितसहित दोस्रो हुँदै फाइनल पुग्यो।
उपाधिका लागि फाइनलमा आजै हङकङ र तान्जानिया भिड्दैछन्। फाइनल खेल पौने १२ बजेदेखि शुरु हुनेछ।
मंसिर ३, २०८० आइतबार ०७:१८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।