धनगढीमा जुत्ता गोदामबाट सुरू भएको आगलागीले अस्पताल नै जलायो

धनगढीमा जुत्ता गोदामबाट सुरू भएको आगलागीले अस्पताल नै जलायो

धनगढी : कैलालीको धनगढीमा गएराती भीषण आगलागी भएको छ।

जुत्ता गोदामबाट सुरू भएको आगलागीले सारथी अस्पतालसहित अन्य आठ पसलमा क्षति पुगेको छ।

धनगढी उपमहानगरपालिका-१ स्थित दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा विद्युत् तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

उनका अनुसार आगलागी शनिबार बिहान १ बजेतिर सुरू भएको र त्यसले सारथी अस्पतालसहित आठ पसलमा क्षति भएको छ।

अस्पतालमा आगलागी भएपछि त्यहाँ उपचाररत बिरामीलाई सुरक्षित स्थानमा सारिएको भए पनि अस्पतालका धेरैजसो उपकरणमा क्षति पुगेको छ।

आगलागीमा मधुमाला देवी सप, भट्ट सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ्ग सेन्टर, न्यू सदिक्षा ईन्टरप्राईजेजी, भण्डारी सु –सेन्टर र भट्ट ट्रेडर्स एन्ड सप्लायर्स जलेका छन्।

आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले नियन्त्रणमा लिइएको छ।

मंसिर २, २०८० शनिबार १०:२९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।