महिला टी२० सिरिजमा नेपाललाई ६७ रनको सान्त्वना जित

महिला टी२० सिरिजमा नेपाललाई ६७ रनको सान्त्वना जित

काठमाडौं : चार देश सम्मिलित महिला टी२० सिरिजमा नेपालले सान्त्वना जित निकालेको छ।

११४ रनको विजयी लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा अल आउट हुँदै ४६ रनमा समेटिएपछि नेपालले ६७ रनको सान्त्वना जित निकालेको हो।

जापानका लागि मेघ ओगावाले १७ र सेइका सुमीले १३ रन बनाउनबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका संगीता राईले पाँच तथा अस्मिना कर्माचार्य र पूजा महतोले समान दुई-दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको थियो।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३८ रन जोड्दा कप्तान इन्दु बर्माले २७, पुजा महतोले १३, सीता राना मगरले ९ रन जोडिन्।

काजल श्रेष्ठ र अस्मिना कर्माचार्यले अविजित रहँदै क्रमशः १५ र १ रन बनाए।

बलिङतर्फ जापानकी इलेना कुसुडा नरिनले दुई तथा मेग ओगावा र आयुमी फुजीकावाले समान एक–एक विकेट लिए।

मंसिर २, २०८० शनिबार १०:१२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।