सूर्यज्योति लाइफले ल्यायो ‘सही प्लान’

सूर्यज्योति लाइफले ल्यायो ‘सही प्लान’

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘सूर्यज्योति सही प्लान’को उद्घाटन गरेको छ।

बीमा प्रधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले संयुक्त रूपमा उक्त अफरको उद्घाटन गरेका हुन्।

काठमाडौंमा भएको एक कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले जनताले लिन सक्ने परम्परागत पोलिसी भन्दा एकदमै इनोभेटिव र भिन्न बिशेषता सहितको प्रोडक्ट ल्याएकोमा कम्पनीलाई धन्यवाद दिए।

योजनामा थोरै प्रिमियममा ठूलो बीमा लिन सकिने, ७० वर्ष पुगेपछि तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने छ।

यस्तै तिरेको प्रमियमको ६ गुणा सम्मको रकम फिर्ता हुने विशेषताहरूका साथै ऐच्छिक सुविधा अन्तर्गत सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाख रुपैयाँसम्मको पनि आर्थिक रक्षावरण गर्न सकिने छ।

मंसिर २, २०८० शनिबार १०:०९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।