च्याट जीपीटीका सीईओ बर्खास्त, बोर्डले लगायो यी आरोप

च्याट जीपीटीका सीईओ बर्खास्त, बोर्डले लगायो यी आरोप

एजेन्सी : आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईको बोर्डले प्रमुख साम अल्टम्यानलाई बर्खास्त गरेको छ।

बोर्डले अल्टम्यानको नेतृत्व क्षमतामा प्रश्न उठाउँदै उनले कम्पनीलाई अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेको हो।

बोर्डले ओल्टम्यानले कम्पनीसँगको संवाद पनि स्पष्ट नभएको भन्दै आफ्नो जिम्मेवारीबाट पछि हटिरहेका आरोप लगाएको छ।

कम्पनीले एक विज्ञप्ति जारी गरी अल्टम्यानको योगदानको लागि आभार व्यक्त गरेको छ।

अर्कोतर्फ, ओल्टम्यानले कम्पनीमा बिताएका दिनहरूबाट आफू खुशी भएको सामाजिक सञ्जालमा लेखेका छन्।

उनले लेखेका छन्, ‘यसले मेरो व्यक्तित्व परिवर्तन गर्यो र आशा छ कि यसले संसारलाई अलिकति परिवर्तन गरेको छ। यहाँका प्रतिभाशाली व्यक्तिहरूसँग काम गर्न पाउँदा मलाई रमाइलो लाग्यो।’

साम अल्टम्यानको नेतृत्वमा च्याट जीपीटी एआई बटको परिचयले विश्वभर आर्टिफिसियल इन्टेलिजेन्सको बहसलाई तीव्र बनाएको छ। ओपन एआई सुरु गर्नमा अल्टम्यानले महत्त्वपूर्ण भूमिका खेलेका छन्।

मंसिर २, २०८० शनिबार ०९:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।