एमालेको विशेष बैठक आज, मंसिर ७ गतेको प्रदर्शनबारे छलफल हुने

एमालेको विशेष बैठक आज, मंसिर ७ गतेको प्रदर्शनबारे छलफल हुने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेको विशेष बैठक आज बस्दैछ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले प्रचार विभागले जनाएको छ।

बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।

विभागका अनुसार बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको छ।

समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघले मंसिर ७ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा आजको बैठकमा छलफल हुने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले यही मंसिर ७ गते भ्रष्टाचार, महंगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ।

मंसिर २, २०८० शनिबार ०७:४८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।