इन्टाग्रामले टिकटकसँग मिल्दोजुल्दो सुविधा थप्दै
एजेन्सी : छोटो भिडियोका आधारमा टिकटक लोकप्रिय भएसँगै अन्य सामाजिक सञ्जालले समेत आफ्नो फिचर्सहरुमा यस्ता सुविधा थप्दै लगेको छ। टिकटकको लोकप्रियता देखेर फेसबुकदेखि युट्युबसम्मले आफ्ना प्रयोगकर्ताहरूलाई छोटो भिडियो अपलोड गर्न प्रोत्साहित गर्दै आएको छ।
यसमा एक कदम अगाडि बढ्दै फोटोका लागि चर्चित इन्स्टाग्रामले आफ्नो रिलमा नयाँ सुविधाहरू थप्ने तयारी गरेको छ। रिलप्रति प्रयोगकर्ताहरूको आकर्षण बढाउन उसले फिड फोटो र स्लाइडिङलाई थप सहज बनाउने भएको हो।
कम्पनीले फिड फोटो, स्टोरिजसँगै प्रयोगकर्ताहरूलाई आफूले अपलोड गरेको सामग्री कत्तिको प्रभावकारी भयो भन्ने हेर्न इन्साइड्स सुविधा समेत थप्ने भएको छ।
मार्क जुकरबर्गले आफ्नो इन्टाग्राम च्यानलबाट रिल्स, फिड फोटो, स्टोरिज् र न्यु इन्साइट्स सुविधा थप गर्ने सार्वजनिक गरेका हुन्। न्यु इन्साइट्सले कन्टेन्ट क्रियटरहरलाई आफ्नो कन्टेन्टको प्रभावबारे जानकारी दिने उनले बताए।
रिल्समा अपलोड गर्ने भिडियो क्रप र सम्पादन गर्न मिल्ने सुविधा थप गर्न लागेको समेत सार्वजनिक गरे उनले। छिट्टै अनडु र रिडुसँगै तस्बिर र भिडियो क्लिप घुमाउन मिल्ने रोटेड सुविधा समेत थप गर्न लागेको छ।
इङ्लिस टेक्स टु स्पीच सेवा, नयाँ टेक्स्ट फन्टसँगै ड्राफ्ट फिचर समेत थप गर्न लागेको छ।
मंसिर १, २०८० शुक्रबार २१:११:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।