कुमारी बैङ्कको सिइओमा रामचन्द्र खनाल
काठमाडौँ : रामचन्द्र खनाल कुमारी बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएका छन्। शुक्रवार बसेको बैङ्क सञ्चालक समिति बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
रमेशराज अर्यालले सिइओ पदबाट राजीनामा दिएका थिए। वित्तीय क्षेत्रमा साढे ११ वर्षको अनुभव भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन्।
उनले एनआईसी एसिया क्यापिटलको सीईओको रूपमा काम गरेको अनुभव छ। उनी एनआईसी एसिया क्यापिटलबाट कुमारी आएका थिए।
मंसिर १, २०८० शुक्रबार २०:१४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।