लक्ष्मी पूजाको दिन कुटेर मारेको आरोपमा आठ युवा पक्राउ

लक्ष्मी पूजाको दिन कुटेर मारेको आरोपमा आठ युवा पक्राउ

बर्दिया : गुलरिया नगरपालिका-६ गुलरिया बजारमा हतियारले हानेर २० वर्षीय बरूण घिमिरेको हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।

प्रहरीले २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, १८ वर्षीय किशोर, १९ वर्षीय दीपेश बुढामगर, १९ वर्षीय सन्दीप थारु, १९ वर्षीय दिनानाथ चौधरी, १८ वर्षीय किशोर र २३ वर्षीय तर्क भण्डारीलाई पक्राउ गरेको हो।

 गुलरिया नगरपालिका-५ सुहेलवामा उनीहरूले कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बरूणको उपचारको लागि बर्दिया अस्पतालबाट नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोख लगायतका विभिन्न हातहतियारसमेत बरामद गरेको जानकारी दिएको छ। घटनामा संलग्न हाल फरार अन्य ३ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जानकारी दिएको छ।

मंसिर १, २०८० शुक्रबार १९:५२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।