फिल्म उतार्ने धम्कीपछि ‘दिमाग खराब’लाई ’टाइगर थ्री’भन्दा बढी शो

फिल्म उतार्ने धम्कीपछि ‘दिमाग खराब’लाई ’टाइगर थ्री’भन्दा बढी शो

काठमाडौं : पर्याप्त शो नदिएको भन्दै निर्माण टिमले फिल्म उतार्ने धम्की दिएपछि हल सन्चालकहरूले दिमाग खराबको शो संख्या बढाएका छन्।

‘टाइगर थ्री’ बराबर शो मागेकोमा शुक्रबाटबाट ‘टाइगर थ्री’को भन्दा बढी शो दिइएको हो।

मुभी चेन क्युएफएक्स, एपक्युव, बिग मुभिज्, आइएनआइ,वन सिनेमाज् लगायतले शो संख्या बढाएका हुन्।

शनिबारका लागि दिमाग खराबले १ सय २५ शो पाउँदा टाइगर थ्रीले ८० हाराहारी शो पाएको छ।

नेपालमा कुल शो क्षमता पाँच सय हाराहारी रहेको छ।

हलमा द हंगर गेम, द मार्भलस, बशन्जी समेत लागि रहेको छ। दशैंमा रिलिज भएको फिल्ममध्ये रन्जनामा बशन्जी एक शो चलिरहेको छ।

दिमाग खराबको शो संख्या बढाउँदा भस्मे डन, परदेशी २ यी हलहरूबाट उत्रिएको छ।

विदेशी फिल्म बराबर शो चाहिने र तेस्रो हप्तापछि पनि प्रदर्शक र निर्माताबीच ५०-५० प्रतिशत सेयर बाँडफाँड हुनुपर्ने भन्दै ‘दिमाग खराब’ टिमले शुक्रबारबाट फिल्म हलबाट उतार्ने चेतावनी दिएका थिए।

बिहीबार चलचित्र प्रदर्शकहरूको संस्था नेपाल चलचित्र संघसँगको छलफलमा शो संख्या बढाउने र शेयरबारे मंगलबार थप छलफल गर्ने सहमति भएको थियो।

मंसिर १, २०८० शुक्रबार १३:०९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।