इजरायली सेनाले खान युनिसमा पर्चा खसाल्यो र भन्यो- दक्षिणी गाजा खाली गर

एजेन्सी : इजरायली सेनाले खान युनिसका केही शहरका मानिसहरूलाई आफ्नो घर छोडेर आश्रय केन्द्रहरूमा जान आग्रह गरेको छ।
इजरायली सेनाले बुधबार राति बानी सुहैला, खुजा, अब्बासन र करारा शहरमा पर्चा खसालेर यो चेतावनी दिएको हो।
यी शहरहरूमा १० लाखभन्दा बढी मानिस बस्छन्। यी क्षेत्रहरूमा ठूलो संख्यामा विस्थापित मानिसहरू भेला भएका छन्।
खान युनिस दक्षिणी गाजाको सबैभन्दा ठूलो शहर हो। उत्तरी गाजा छोडेर गएका मानिसहरू यहाँ ठूलो संख्यामा उपस्थित छन्।
अक्टोबरमा यहाँको जनसंख्या चार लाखबाट १० लाख पुगेको थियो।
हजारौं विस्थापित मानिसहरू यहाँ अस्थायी शिविर, अस्पताल र विद्यालयहरूमा बसिरहेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार पर्चामा सुरक्षाको लागि मानिसहरूले आफ्नो घर तुरुन्तै छोड्न आग्रह गरिएको छ।
पर्चामा भनिएको छ, ‘आतंकवादी र तिनीहरूका ठाउँमा लुकेर बसेका मानिसहरूले आफ्नो ज्यान जोखिममा राखिरहेका छन्।’
इजरायली सेनाले केहीसमय अघि मात्र उत्तरी गाजामा घर खाली गर्न लगाएर त्यहाँ कब्जा गरिसकेको छ।
मंसिर १, २०८० शुक्रबार १२:४०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।