शनिबारका लागि एमालेले बोलायो विशेष बैठक

काठमाडौं : एमालेले शनिबारका लागि विशेष बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठक डाकिएको एमालेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उनका अनुसार बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र युवा संघले मंसिर ७ गते गर्न लागेको कार्यक्रमबारे छलफल हुनेछ।
युवा संघले आगामी मंसिर ७ गते भ्रष्टाचार, महंगी, अनियमितताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ।
मंसिर १, २०८० शुक्रबार ११:१९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।