टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्चमा रिट

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौं : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट पेश भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा शुक्रबार बिहानै सर्वोच्च प्रशासनमा रिट निवेदन पेश गरेका हुन्।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले रिट परेको पुष्टि गर्दै अहिलेसम्म दर्ता भइनसकेको बताए।

‘रिट पेश भएको छ,’ उनले उकेरासँग भने, ‘अहिलेसम्म दर्ता चैँ भइसक्या छैन। प्रक्रियामा छ।’

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। त्यसपछि सत्ताधारी तथा प्रतिपक्षी दलका नेताहरूले यसको विरोध गरिरहेका छन्।

यसैबीच नेपालमा टिकटक बन्द भएपछि टिकटक कम्पनीले पनि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलाई सम्बोधन गर्दै एक पत्र लेखेको छ।

पत्रमा उसले नेपालमा टिकटक बन्द भएकोमा आफूहरू आश्चर्यचकित परेको भन्दै सातवटा बुँदामा नेपालमा दर्ता भएको र कर पनि तिरिरहेको स्मरण गराएको छ।

मंसिर १, २०८० शुक्रबार ११:०५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।