भारतको उत्तराखण्डमा छ दिनदेखि फसेका मजदुरको अझै उद्धार हुन सकेन

भारतको उत्तराखण्डमा छ दिनदेखि फसेका मजदुरको अझै उद्धार हुन सकेन
फाइल तस्बिर

एजेन्सी : उत्तराखण्डको सिल्कियारा सुरुङमा विगत छ दिनदेखि फसेका ४० मजदुरको अहिलेसम्म उद्धार हुन सकेको छैन।

नोभेम्बर १७ गते बिहान अमेरिकी ज्याक र पुथ अर्थ अजर मेसिनबाट यी कामदारको उद्धारका लागि ड्रिलिङको काम सुरु भएको छ।

अमेरिकी औगर मेसिनमार्फत भग्नावशेषभित्र पाइप हाल्ने काम निरन्तर चलिरहेको छ। सुरुङको बिचमा जम्मा भएको भग्नावशेष ड्रिलिङमा अमेरिकी औगर मेसिन सफल भएको छ।

९०० एमएम व्यासको माइल्ड स्टिल (फलाम)को पहिलो खण्डको ड्रिलिङको काम बिहीबार बिहान करिब ११ बजे सुरु भएको थियो। जसअन्तर्गत बिहीबार करिब १२ बजे भग्नावशेषमा ६ मिटर पाइप ड्रिल गरिएको छ।

बिहीबार राति ९ बजेसम्म भग्नावशेषमा १२ मिटर मात्रै पाइप ड्रिल गर्न सकिएको बीबीसीले जनाएको छ।

उत्तरकाशीका जिल्ला विपद् व्यवस्थापन अधिकृत देवेन्द्र पटवालले भने, ‘शुक्रबार बिहान ७ बजेसम्म भग्नावशेषमा २१ मिटरसम्म ड्रिलिङ भइसकेको छ।”

अर्थात् भग्नावशेषमा ६ मिटरको तीनवटा पाइप पूरै ड्रिल भइसकेको छ।

नोभेम्बर १२ मा उत्तराखण्डको उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा त्यसमा काम गर्ने ४० जना मजदुर फसेका थिए। अधिकांश मजदुर बिहार र झारखण्डका बासिन्दा हुन्।

यसअघि केन्द्रीय मन्त्री जनरल वीके सिंहले बिहीबार उत्तरकाशी सुरुङमा विगत चार दिनदेखि फसेका ४० जना मजदुरलाई उद्धार गर्न जारी राहत र उद्धार कार्यमा दुईदेखि तीन घण्टा लाग्ने बताएका थिए।

मंसिर १, २०८० शुक्रबार ०८:३७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।