निक्षेपमा १३ बैंकले ब्याजदर घटाउँदा छ वटा स्थिर, माछापुच्छ्रेले भने बढायो

निक्षेपमा १३ बैंकले ब्याजदर घटाउँदा छ वटा स्थिर, माछापुच्छ्रेले भने बढायो

काठमाडौं : वाणिज्य बैंकहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले कात्तिक महिनाको अन्तिम दिन बिहीबार सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर प्रकाशित गरेका हुन्।

कात्तिक महिनामा ९ दशमवल ९६ प्रतिशत रहेको वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर मंसिर महिनामा ० दशमलव ३३ प्रतिशत विन्दु घटेर ९ दशमलव ६३ प्रतिशतमा झरेको हो।

त्यसैगरी संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ० दशमलव ३०६ प्रतिशत विन्दु घटेर ७ दशमलव ५४ प्रतिशतमा झरेको छ।

हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकले मंसिरका लागि ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआईसी एसिया बैंक रहेको छ।

एनआईसी एसियाले कात्तिक महिनाका तुलनामा मंसिरमा २ दशमलव ०३ प्रतिशतले ब्याजदर घटाएको छ। बैंकले मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८ दशमलव ९६ प्रतिशत ब्याज दिने भएको छ।

एनआईसी एसियापछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबी बैंक लिमिटेड रहेको छ। बैंकले मंसिर महिनाका लागि ब्याजदर १ दशमलव २४ प्रतिशतभन्दा घटाएर ९ दशमलव ७६ प्रतिशतमा झारेको छ।

छ वाणिज्य बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ।

मंसिर १, २०८० शुक्रबार ०८:०५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।