फाइनलमा जान अस्ट्रेलियालाई दक्षिण अफ्रिकाको २ सय १३ रनको चुनौती
एजेन्सी : आइसिसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २ सय १३ रनको लक्ष्य दिएको छ।
कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा २ सय १२ रनमा अल आउट भयो।
दक्षिण अफ्रिकाको लागि डेभिड मिलरले १ सय १६ बलमा ८ चौका र ५ छक्कासहित १ सय १ रन बनाएका थिए। मिलर बाहेक अन्य ब्याटरको प्रदर्शन जम्न सकेन।
हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भए। मिचेल स्टार्कको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्भा बभुमा शून्यमा विकेटकिपर जोस इङ्लिसबाट क्याच आउट भएका थिए।
क्विन्टन डि कक ३ रनमा क्याच आउट भए। एडेन माक्ररम १० रनमा डेभिड वार्नरबाट क्याच आउट भए। हेजलवुडको अर्को ओभरमा रास्सी भान डर डुसेन ६ रनमा क्याच आउट भएका थिए।
मिलर र हेनरिक क्लासेनले १ सय १३ बलमा ९५ रनको साझेदारी गर्दै खेललाई लयमा फर्काएका थिए। स्पिनर बोल्ड आउट भए। लगत्तै मार्को यानसन एलबीडब्लूमा परे।
जेराल्ड कोट्जी ३९ बलमा २ चौकासहित १९ रनमा क्याच आउट भए। अस्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिएका थिए भने ट्रविस हेडले ५ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। मिचेल स्टार्कले ३ विकेट लिए। जोस हेजलवुडले २ विकेट लिएका थिए।
यो खेल जसले जित्छ यसले भारतसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ। भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई पराजित गरेर फाइनलमा गइसकेको छ।
कात्तिक ३०, २०८० बिहीबार १९:०४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।