कोदो कुट्ने मुंग्रो र बियरको बोतलले हान्दा दुई जना घाइते

कोदो कुट्ने मुंग्रो र बियरको बोतलले हान्दा दुई जना घाइते
सांकेतिक तस्बिर ।

काठमाडौं : खोटाङमा कोदो कुट्ने मुंग्रो र बियरको बोतल प्रहारबाट दुई जना घाइते भएका छन्। 

मादक पदार्थ सेवन गरेर बराहपोखरी गाउँपालिका-४ फाक्टाङ मलबासेका २८ वर्षीय विजय राईले गएराति विवादका क्रममा मुंग्रो टाउकोमा प्रहार गर्दा त्यही ठाउँका ३५ वर्षीय भुवन राई घाइते भएको प्रहरीले जनाएको छ। 

घाइतेको राजविराजको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक टीका बरालले जानकारी दिए।

भुवनलाई मुंग्रोले हान्ने विजयलाई प्रहरी चौकी हुक्नाजोरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ।

यसैगरी, खोटेहाङ गाउँपालिका-२ वाप्लुखाका ३६ वर्षीय दिलाराम राईले  बियरको बोतलले टाउकोमा हान्दा त्यसै ठाउँका ४७ वर्षीय थामबहादुर राई घाइते भएका भएका छन्।

बियरको बोतलले लागेर घाइते भएका थामबहादुरको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

बोतल प्रहार गर्ने दिलारामलाई प्रहरी चौकी वाप्लुखाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले कारबाहीका लागि नियन्त्रणमा लिएको छ। 

दुुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कात्तिक ३०, २०८० बिहीबार १३:३८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।