मारवाडी समुदायको ‘दीपावली स्नेह मिलन’ समारोहमा एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडी सम्मानित
काठमाडौं : मारवाडी समुदायको ‘दीपावली स्नेह मिलन’ समारोह सम्पन्न भएको छ। सोमबार सम्पन्न कार्यक्रममा एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई सम्मानित गरिएको छ।
सम्मानित हुनेहरुमा क्रिकेट खेलाडीहरु दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र कराते खेलाडी एरिका गुरुङ छन्।
ऐरीले १९औं एसियाली खेलकुदमा पुरुषतर्फको क्रिकेट खेलमा एउटै खेलमा अति दुर्लभ पाँच वटा विश्व कीर्तिमान बनाउन सफल भएका थिए।
उनले नौ बलमा अर्धसतक बनाउँदै बनाई विश्व कीर्तिमान बनाएका थिए।
त्यस्तै, मल्लले ३४ बलमा शतक बनाई विश्व कीर्तिमान बनाएका थिए। त्यसैगरी, गुरुङले एशियन खेलकुदमा कराते खेलमा नेपाललाई रजत पदक दिलाउन सफल भएकी थिइन्।
उनीहरु तीनै जनालाई मारवाडी सेवा समितिले जनही एक लाख एक हजार रुपैयाँ सम्मान गरेको हो।
यसैगरी, समाजका सदस्य एवं नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पवन अग्रवाल, पूर्वक्रिकेटर पारस लुनियालाई पनि सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, मारवाही महिला मञ्चकी अध्यक्ष अर्चना काबरा, मारवाही युवा मञ्चका अध्यक्ष शैलेन्द्र शर्मा, मारवाही सेवा समितिका संयोजक रमेश तापडिया लगायतले सम्बोधन गरेका थिए।
कात्तिक ३०, २०८० बिहीबार ११:३५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।