केन्यामा भिषण बाढी, ४६ जनाको मृत्यु

केन्यामा भिषण बाढी, ४६ जनाको मृत्यु

एजेन्सी : केन्यामा भिषण बाढीका कारण ४६ जनाको मृत्यु भएको छ।

अल निनो वर्षाका कारण ४६ जनाको मृत्यु र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको एजेन्सीले जनाएको छ। बाढीबाट हजारौं नागरिक विस्थापित भएका  छन्।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वी क्षेत्रमा माकुएनी, कितुई, पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन्।

केन्या सरकारले गारिसा, कितुई  ताना नदी तीन काउन्टीमा सुरक्षा सावधानी जारी गरेको छ ।

ताना र आठ नदी विकास प्राधिकरण (टार्डा)ले लगातारको वर्षाका कारण दुई वटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको हो। 

कात्तिक ३०, २०८० बिहीबार ११:१८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।