अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

अछाम : अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुप प्र ०१००१ ह ५५४५ नम्बरको टेम्पो गए राति मध्य पहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो।

गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका-४ का दीपक बोहरा र वडा नम्बर २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी कमलबजार-४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नम्बर ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन्।

उनीहरूको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

कात्तिक ३०, २०८० बिहीबार ०९:३२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।