यी तीन प्रदेशमा आज हल्का हिमपातको सम्भावना

यी तीन प्रदेशमा आज हल्का हिमपातको सम्भावना
फाइल तस्बिर

काठमाडौं : कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिक बदली रही बिहीबार बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

राति ​कोशी,  बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

कात्तिक ३०, २०८० बिहीबार ०७:१५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।