कलाकार 'मुन्द्रे'ले भने' टिकटक बन्द गर्ने निर्णय सरकारको सबैभन्दा राम्रो काम'
काठमाडौँ : मुन्द्रेको नामले परिचित कलाकार जितु नेपाल टिकटक बन्द गर्ने सरकारको निर्णयको पक्षमा उभिदै यो निर्णय सरकारले गरेको सबैभन्दा राम्रो निर्णय भएको बताएका छन्।
उनले टिकटक बन्द गर्न सरकारले ढिला गरेको भन्दै केही ठूला नेताहरू भेट्दा आफूले टिकटकले विकृति ल्यायो भनेको एक टेलिभिजन कार्यक्रममा बताए।
'टिकटकले बिगारेको थिएन। राम्रो थियो। तर हामीले बिगार्यौ। कसरी भाइरल भए? बोल्दा बोल्दै लुगा खोलेर?' उनले भने' भात पकाउँदा पकाउँदै भातमा मोबाइल खस्दा भन्ने डर।'
उनले टिकटक बन्दको विपक्षमा रहेकाहरूलाई आफूलाई गाली गरे पनि गर्नुस् भन्दै प्रविधि आए पनि धेरै मिसयुज भएकाले कला संस्कृति बचाउने र जनताको ध्यान जान नदिने हो भने धेरै कुरा नियन्त्रण गर्नुपर्ने बताएका थिए।
'कसरी हिट भए, बोल्दाबोल्दै लुगा खोलेर, गाली गरेर, नाङ्गो भएर, आज महिला भात पकाउन छाडेर टिकटक बनाउन थाले। हरेक घरका कुरा बाहिर आयो' उनले भने' एक जनाले सानो काम गरेको छ। परिवार पालेको छ तर श्रीमती टिकटक बनाएर बसेको छ। काम गर्नुपर्दैन?'
टिकटक गलत रूपमा प्रयोग भएको भन्दै उनले सोधे' कुन देशमा दिनभर मोबाइल चलाएर बस्छन्? हाम्रोमा चैं दिनभरि मोबाइल चलाउने? बुढा अफिस जान पाएको छैन उसैको कपडा लगाएर नाच्ने अनि बन्द हुँदैन?'
धेरै फुर्सद हुँदा चियोचर्चो धेरै हुने गरेको र घर घरमा झगडा बढेको उनको तर्क थियो। उनले टिकटक बन्द हुनुपर्ने थियो बन्द भयो भन्दै समर्थन गरे।
टिकटक बन्द गर्ने सरकारको निर्णयको विपक्षमा धारणा सार्वजनिक गर्ने नेताहरूलाई लक्षित गर्दै उनले भने' हिजो नेतालाई जनता चाहिन्थ्यो। अहिले टिकटक चाहियो।'
कात्तिक २९, २०८० बुधबार १०:१०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।