अमेरिकाद्वारा इजरायल आक्रमणमा संलग्न हमासका अक्रम अल अजौरीलाई विश्वव्यापी आतंकवादी घोषणा

अमेरिकाद्वारा इजरायल आक्रमणमा संलग्न हमासका अक्रम अल अजौरीलाई विश्वव्यापी आतंकवादी घोषणा

एजेन्सी : इजरायलमा हमास आक्रमणमा संलग्न अक्रम अल अजौरीलाई अमेरिकाले विश्वव्यापी आतंकवादी घोषणा गरेको छ।

प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे)का नेता अक्रम अल-अजोरीलाई गत महिना इजरायलमा हमासको आक्रमणमा संलग्न भएको भन्दै अमेरिकाले ‘वैश्विक आतंकवादी’ घोषणा गरेको हो।

अमेरिकी विदेश मन्त्रालयले मंगलबार हमासको आक्रमणसँग सम्बन्धित व्यक्ति र संस्थाहरूमाथि तेस्रो चरणको प्रतिबन्धको घोषणा गरेको छ।

अमेरिकाले यो प्रतिबन्ध हमास र उनका समर्थकमाथि प्रभावकारी बनाउन बेलायतसँग मिलेर काम गर्ने बताएको छ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्यालेस्टिनी इस्लामिक जिहाको नेतृत्वका कारण अकरम अल-अजोरीलाई ‘विशेष रूपमा निर्दिष्ट ग्लोबल आतंकवादी’ को रूपमा तोकिएको छ।’

अजौरी पीआईजेका उपमहासचिव र यसको लडाकु विङ्ग ‘अल-कुड्स ब्रिगेड’का नेता भएको विज्ञप्तिमा उल्लेख छ।

यस अनुसार अमेरिकी अर्थ मन्त्रालयले हमास वा पीआईजेलाई सहयोग गरेको वा काम गरेका सात व्यक्ति र दुई संस्थालाई पनि मनोनयन गरिरहेको छ।

हमास र पीआईजेले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सबाट पैसा, हतियार र तालिमको रूपमा सहयोग लिने गरेको आरोप छ।

यस सम्बन्धमा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले भनेकी छन्, ‘हमासको गतिविधिले ठूलो पीडा भोगेको छ र आतंकवाद एक्लोपनमा हुँदैन भन्ने देखाएको छ। त्यसैले अमेरिकाले आफ्ना साझेदारहरूसँग मिलेर काम गर्नेछ।’

कात्तिक २९, २०८० बुधबार ०९:४२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।